काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बुधबार कार्यव्यवस्था समितिको बैठक बोलाएका छन् ।
सभामुख सापकाेटाले बुधबार बिहान ११ बजे कार्यव्यवस्था समितिको बैठक बोलाएको उनका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।
सभामुखले बुधबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाएका छन् । यस कार्यव्यवस्था समितिको बैठकले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबुल गर्ने कि नगर्ने भन्ने विषय टुंगो लगाउने स्रोतले बताएको छ ।