कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै

काठमाडौं । स्थानीय तह निर्वाचनबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दै छ । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । 

पार्टी सहमहामन्त्री भीष्मराज आङदेम्बेले स्थानीय तह निर्वाचनको अतिरिक्त म्याद सकिएका भातृ तथा शुभेच्छुक संगठन र बाँकी रहेको जिल्ला अधिवेशनलगायत विषयमा छलफल हुने बताए । 

कांग्रेसको पदाधिकारी बैठक कार्यसम्पादन समिति बैठक अगाडि बसेको हो । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.