राप्रपाका संस्थापक सदस्यद्वय चन्द्र गुरुङ र उद्धव पौडेलद्धारा पार्टी परित्याग 

काठमाडौं । राप्रपाका संस्थापक सदस्यद्वय चन्द्र गुरुङ र उद्धव पौडेलले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेको घोषणा गरेका छन् ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापा पार्टीबाट अलग भएपछि यो पार्टी छाड्नेको लहर सुरु भएको हो ।

नेता पौडेलले बुधबार विहान फेसबुकमा स्टाटस लेख्दै पार्टीबाट अलग हुने घोषणा गरेका हुन् ।

उनले लेखेका छन्,  'राप्रपालाई एकताबद्ध बनाउने मेरो भगिरथ प्रयास असफल भएको छ । असफल विद्यार्थीको रुपमा अत्यन्तै दुखी र भावुक छु । राप्रपामा बस्दाको पल सदैब अबिष्मरणिय रहेछ। आजै देखि राप्रपासङ्गको संलग्नता अन्त्य गरेको छु । सबैलाई शुभकामना सहित धन्यवाद ब्यक्त गर्दै बिदा हुन्छु ।' 

राप्रपामा कमल थापा निकट भनेर चिनिएका पौडेल पूर्व कोषाध्यक्ष पनि हुन् । तर गत मंसिरमा भएको महाधिवेशनमा उनले कुनै पनि पदमा उम्मेदवारी दिएका थिएनन् ।

थापाले पार्टी परित्याग घोषणा गरेको भोलिपल्ट बुधबार बिहान राप्रपाका संस्थापक सदस्यद्वय चन्द्र गुरुङ र उद्धव पौडेलले पार्टी छाडिएको घोषणा गरेका हुन् । 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.