सुशील कोइरालाको सातौं स्मृति दिवस मनाइँदै

काठमाडौं ।  सुशील कोइरालाको सातौं स्मृति दिवस मनाइँदै छ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति समेत रहेका कोइरलाको आज विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाउन लागिएको हो  ।

संविधान निर्माणको अगुवाइसमेत गरेका पूर्वप्रधानमन्त्री कोइरालाको २०७२ साल माघ २६ गते राति महाराजगञ्जस्थित निवासमा निधन भएको थियो ।

नेपाली राजनीतिमा निष्ठावान् र सादगी नेताको रूपमा चिनिएका कोइरालाको स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस र भ्रातृ तथा शुभेच्छुक संस्थाहरूले विभिन्न कार्यक्रम गर्दैछन् ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.