काठमाडौं । मधेश प्रदेशमा स्थानीय चुनाव असोजमा गर्न लोसपाले प्रस्ताव राखेको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रेस विज्ञप्ति जारी गर्दै सो कुरा बताएको हो ।
सरकारले सोमबार मात्र स्थानीय तहको निर्वाचन ३० वैशाखमा देशभर एकै चरणमा गर्ने निर्णय गरेको छ ।
यसले २ असोज २०७४ मा निर्वाचित भएका मधेश प्रदेशका जनप्रतिनिधिको अधिकार कुण्ठित हुने लोसपाले बताएको छ ।
