काठमाडौं । डा. शेखर कोइराला प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।
देउवालाई भेट्नुअघि डा. कोइरालाले आफ्नो समूहका नेताहरुसँग छलफल गरेका थिए ।
सभापति देउवासँगको भेटमा नेता कोइरालाले ओलीसँग भएका छलफल बारे ब्रिफ्रिङ गर्ने बताइएको छ। त्यसका साथै पार्टीको आन्तरिक विषयमा समेत कुराकानी हुने जनाइएको छ ।
हिजो मंगलबार कांग्रेस नेता कोइरालाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग बालकोट पुगेर भेटवार्ता गरेका थिए ।