काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पदाधिकारी बैठक पार्टी कार्यालय धुम्बाराहीमा जारी छ ।
राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले गत मंगलबार पार्टी परित्याग घोषणा गरेपछि राप्रपाले पदाधिकारी बैठक डाकेको थियाे ।
बैठकमा स्थानीय तहको निर्वाचनको तयारी, पार्टीभित्रको गुट-उपगुट अन्त्य र पार्टीलाई सम्भावित विभाजनबाट कसरी जोगाएर आगामी निर्वाचनमा सफलता कायम गर्ने भन्ने विषयमा छलफल भइरहेको बताइएको छ ।