टुंगो लगायो कांग्रेसले १६ जिल्लाको अधिवेशन मिति 

काठमाडौं ।नेपाली कांग्रेसले अधिवेशन हुन बाँकी रहेका १६ जिल्लाको अधिवेशन मितिको टुंगो लगाएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले अधिवेशन हुन बाँकी १६ जिल्लामा फागुन १३ गते अधिवेशन गर्नेगरी मिति टुंग्याइएको जानकारी दिएका छन् ।

उनले फागुन १० गतेभित्र अधिवेशन हुन बाँकी रहेका वडा र पालिका, प्रदेश निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन भइसक्नुपर्ने गरी मिति तोकिएको बताए । 

कांग्रेसको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाम जिल्लामा अधिवेशन हुन सकेको छैन । 

पछिल्लो पटक कांग्रेसले माघ १५ गतेलाई अधिवेशनको मिति तोकेपनि कोरोनाका कारण स्थगित गरिएको थियो । त्यसअघि अनिश्चित बनेको अधिवेशन पुनः गर्न कांग्रेस जुटेको हो ।  

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.