फेरि आन्दोलन चर्काउने नेपाल बारको तयारी 

काठमाडौं ।  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले पुनःआन्दोलन चर्काउने भएको छ । कोरोनाका कारण हाल भर्चुअल रुपमा हुँदै आएको आन्दोलन आगामी फागुन १ देखि भने भौतिकरुपमै सुरु गर्न लागिएको बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

'हाल संक्रमणको अवस्था सामान्य हुँदै गएको र नेपाल सरकारले पनि पूर्व मापदण्ड, निर्देशन समेत संशोधन गरेको कारण यहि २०७८ फागुन १ गतेदेखि बिहान ११ः०० बजेदेखि १२ः०० बजेसम्म सर्वोच्च अदालत केन्द्रित  आन्दोलन भौतिक रुपमा नै निरन्तर जारी रहने,' बारको विज्ञप्तिमा भनिएको छ ।  

© 2021 Quicknepal.com  |  All Rights Reserved.