काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले क्विक नेपाललाई सफलताको शुभकामना दिएका छन् ।
सञ्चारमाध्यम जनताका आवात मुखरित गर्ने सशक्त माध्यम भएको बताउँदै अध्यक्ष ओलीले संविधान दिवसको अवसर पारेर प्रकाशनमा आएको क्विक नेपाललाई बधाई तथा शुभकामना दिएका हुन् ।
सञ्चारमाध्यमको विश्वसनीयताको आधार निष्पक्षता भएको बताउँदै अध्यक्ष ओलीले सञ्चारमाध्यमले तथ्ययुक्त, सही र निष्पक्ष सूचनालाई आधार बनाएर मात्र राष्ट्र र जनताप्रतिको उत्तरदियत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नुपर्ने बताएका छन् ।
समृद्ध नेपाल , सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न आफूहरुले अथक मिहिनेत गरेको बताउँदै अध्यक्ष ओलीले नेकपा एमालेको सरकार छँदा देश विकासमा नयाँ आधारशीला खडा गरेको उनको भनाइ छ ।
नेकपा एमालेको भूमिका सत्तपक्षबाट प्रतिपक्षमा बदलिए पनि समृद्ध नेपाल सुखी नेपालीको हुने नेपालीको चाहना पूरा आफूहरु प्रतिबद्ध रहेको सो शुभकामनामा उल्लेख छ ।
‘तथ्यलाई आत्मसात नगरी केवल विरोध वा समर्थनका सामग्रीहरुको प्रस्तुतिले सञ्चारजगतप्रतिको विश्वास स्थापित हुन सक्दैन,’ अध्यक्ष ओलीले भनेका छन्, ‘आजबाट सञ्चालनमा आएको क्विक नेपाल डटकमले मुलुकको समृद्धि, जनताको सुख, राष्ट्रको हित र राष्ट्रिय एकताको पक्षमा यथोचित विवेचना गर्ने तथा विकृति तथा विसंगितलाई औँल्याउने भूमिका निर्वाह गर्न सकोस् शुभेच्छा व्यक्त गर्छु ।’