काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधान दिवसको अवसर पारेर प्रकाशनमा आएको क्विक नेपाललाई सफलताको शुभकामना दिएका छन् ।
नेपाली पत्रकारिता पत्रिका, रेडियो र टेलिभिजन हुँदै अनलाइनसम्म अएको उल्लेख गर्दै अध्यक्ष नेपालले नेपाली पत्रकारिताले गुणात्मक फड्को मारेको बताएका छन् ।
नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रता प्रत्याभूत गर्दै नेपाली मिडियाले चौथो अंगको भूमिका सशक्त रुपमा निर्वाह गरेको उनले बताएका छन् ।
‘सञ्चारमाध्यमले आमजनताको विचारमा प्रभाव पार्ने, पारदर्शिता सिर्जना गर्ने र सचेतना बढाउने तथा सामाजिक कुरीतिसँग लड्नसक्ने क्षमता विकास गर्छ,’ शुभकामना दिँदै अध्यक्ष नेपालले भनेका छन्, ‘ नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय अखण्डता, एकता, स्वाधीनता, राष्ट्रहित, लोकतान्त्र र अग्रगामी परिवर्तन तथा स्वतन्त्रता, निष्पक्ष र सक्षम न्यायपालिकाको पक्षमा क्विक नेपालको सकारात्मक योगदान रहने विश्वास लिएको छु ।’