काठमाडौं । महाअभियोगको प्रस्ताज दर्ता भएसँगै प्रधानन्यायाधीशबाट चोलेन्द्र शमशेर जबरा निलम्बित भएपछि वरिष्ठः न्यायाधीश दीपककुमार कार्की कामुप्रधानन्यायाधीश बनेका छन् ।
कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का सांसदले आइतबार बिहान संघीय संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेपछि जबरा निलम्बनमा परेका हुन् ।
जबरा निलम्बनमा परेपछि दोस्रो वरीयताका न्यायाधीश कार्की कामुप्रधानन्यायाधीश बनेका हुन् । अब उनी न्याय परिषद्को अध्यक्ष तथा संवैधानिक परिषद्को सदस्यको समेत भूमिका रहने भएका छन् ।