प्रधानन्यायाधीशविरुद्ध सहमतिमै महाअभियोग लगाइएको हो :  प्रचण्ड

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पमाल दाहालले सहमतिमै चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग दर्ता गरेको बताएका छन् । 

उनले जनकपुरमा सञ्चारकर्मीहरुसँगको संवादमा सो कुरा बताएका हुन् । प्रचण्डले सो क्रममा गठबन्धन नफुट्ने दाबी समेत गरे । 

‘न्यायलयमा केही समयदेखि अन्योल, अराजकता र बेथिति देखा परेकाले त्यसलाई  किनारा लगाउने कोसिस गरेका हौँ,’ उनले भने ।

न्यायालयको विवादमा मुख्य जिम्मेवार प्रधानन्यायाधीश नै हुनुपर्छ, उहाँले अरु न्यायाधीशसहितलाई विश्वासमा लिएर पनि काम गर्नुपर्छ तर आफूहरुले चाहे अनुसार न्यायालयमा सुधार हुने नदेखिएपछि महाअभियोग लगाउनुपरेको उनले बताए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.