काठमाडौं । एमालेले सर्वदलीय बैठक बहिस्कार गर्ने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले आज सोमबारलाई बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बहिस्कार गर्ने भएको हो ।
महाभियोग दर्ता भएपछि महाभियोग परामर्श समिति गठन गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् ।
नेकपा एमालेका एक सांसद ले सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गर्ने बताए । ‘सभामुखप्रति हाम्रो असहमति रहँदै आएको छ । उहाँसँगै असहमति रहिरहेका बेला फेरि उहाँले नै बोलाएको बैठकमा जानुको अर्थ रहँदैन’ उनले भने ।
आइतबार साँझ बसेको एमाले सचिवालय बैठकले सत्तारुढ दलले लोकतान्त्रिक गणतन्त्रमामा सत्तारुढ दलहरुले प्रतिपक्षसँगको सम्बन्धलाई बेवास्ता गर्दै प्रतिगामी कदम चालेको निष्कर्ष एमालेले निकालेको थियो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा आकस्मिक रुपमा बसेको सचिवालय बैठकले सत्तारुढ दलले गरेको उक्त निर्णयको प्रतिवाद गर्ने निर्णय समेत गरेको थियो ।