काठमाडाैं । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालतको पूर्ण बैठक बोलाएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भई निलम्बनमा परेपछि कामु प्रधानन्यायाधीश कार्कीले छलफल गर्न बैठक बोलाएका हुन् ।
सर्वोच्चको पूर्ण बैठक सोमबार अपराह्न २ बजेका लागि बोलाइएकाे छ ।
साे बैठकमा अदालतका सम्बन्धमा विकसित पछिल्लो घटनाक्रम र अदालत सञ्चालन तथा सुधारका विषयमा छलफल हुने जनाइएकाे छ ।