प्रधानमन्त्रीलाई योगेश भट्टराईको प्रश्न : चुच्चे नक्शा कहाँ गयो ?

काठमाडौं। नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरेका छन् । प्रधानमन्त्री देउवाले आफ्नो कार्यकाल १०० दिन पुगेको उपलक्ष्यमा प्रकाशन गरेको सरकारका १०० दिन पुस्तकमा नेपालको नयाँ नक्शा समावेश नभएको भन्दै चुच्चे नक्शा खै भन्दै प्रश्न गरेका हुन् । 

नेपाल सरकारले प्रकाशन गरेको तस्बिरमा सरकारका १०० दिन नामक पुस्तकमा चुच्ने नक्सा नहुनु दुर्भाग्य भन्दै भट्टराईले प्रश्न गरेका हुन् । 

‘नेपाल सरकार प्रकाशक रहेको तस्बिरमा सरकारका १०० दिन पुस्तकमा नेपालको संसदले सर्वसम्मत रुपले पास गरेको नेपालको चुच्चे नक्सा कता गयो प्रम देउवाज्यु ? भट्टराईले भन्नुभएको छ, ‘कि तपाईंलाई संसदको निर्णय मान्य छैन ? होइन भने यो हदको लापरवाही गर्नेलाई कार्वाही भएको र प्रम देउवाले सार्वजनिक रुपमा माफी मागेको खबर सुन्न नेपाली जनता आतुर छन् ।’

© 2021 Quicknepal.com  |  All Rights Reserved.