राजनीतिक दलबाटै संविधान असुरक्षित

काठमाडौं । नेपालमा संविधान जारी भएको आज ठिक ६ वर्ष पूरा भएको छ । तर, संविधान जारी भएदेखि नै मधेशवादी दलले असोज ३ लाई कालो दिनको रुपमा मनाउँदै आएका छन् । संविधान निर्माण प्रक्रियामा संलग्न भए पनि संविधान जारी हुने क्रममा बाहिरिएका मधेशवादी दलले संविधान दिवसलाई कालो दिनका रुपमा मनाउँदै आएका छन् । 

मधेशवादी दलले संविधान संशोधनको माग निरन्तर राख्दै आएका छन् भने सरकारमा जानेले पनि संविधान संशोधनको आश्वासन दिइरहेकाे छ ।

देशमा संविधान जारी भएपछि पनि पटक–पटक सरकार निर्माण गर्ने परिपाटीमा खासै परिवर्तन आउन सकेन । स्थायित्व सरकारका लागि भन्दै देशमा तीनै तहको चरणबद्ध निर्वाचन सकेर सरकार निर्माण भयो । तर, तीन वर्षको समयावधिमै सरकारप्रति अविश्वासको अवस्था सिर्जना भयो । राजनीतिक गतिरोधकै कारण सरकार परिवर्तनको छनक बीचमै देखिएपछि र प्रतिनिधिसभा निरन्तर चल्न नसकेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई–दुई पटक प्रतिनिधि सभा विघटनको प्रस्ताव गरे ।

मधेश केन्द्रित दलले नागरिकता विधेयकलगायत विषय उठान गर्दै आएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा नागरिकता विधेयकसम्बन्धी अध्यादेश आएको थियाे । तर, सर्वोच्चद्वारा खारेज भइसकेको छ । 

एकातिर संविधान च्यात्ने र अर्कोतर्फ संविधानलाई पछ्याउँदै सरकारमा सहभागी हुने जसपा पनि थप समस्या हो । राजनीतिक दलहरुले नै संविधानसभाबाट संविधान जारी गर्ने अर्कोतर्फ राजनीतिक दलहरुले नै विभिन्न बहानामा संविधानको कार्यन्वयन गर्न हिचकिचाक्रइहेको अवस्था छ । यसले गर्दा विश्वकै नमूना भनिएको संविधान कार्यान्वयनमा आशंका पैदा भएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.