काठमाडौं । चर्चित अभिनेत्री रेखा थापा विवाह गरेकी छन्। अभिनेत्री थापाले जाजरकोटका बलराम शाहीसँग अदालती विवाह गरेकी हुन् ।
अभिनेत्री थापाले यसअघि निर्माता छविराज ओझासँग विवाह गरेकी थिइन्। उनीहरूले १० वर्षअघि सम्बन्ध विच्छेद गरेका थिए। चर्चित अभिनेत्री रेखा थापा विवाह बन्धनमा बाँधिएकी छन्।
थापाले बलराम शाही ठकुरीसँग कोर्ट म्यारिज गरेको जानकारी दिइन्। थापा र शाही लामो समयदेखि प्रेममा थिए। ४० वर्षीय शाही ठकुरी हाल अमेरिका बस्दै आएका छन्।
हिरो फिल्मबाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेकी थापाले हिम्मत, किस्मत, कसले चोर्यो मेरो मनलगायत सयबढि फिल्ममा अभिनय गरेकी छन्। थापा अभिनेत्रीसँगै निर्मात्री पसिन हुन् । उनले दर्जनबढि फिल्म निर्माण पनि गरेकी छन् ।