एमसीसीबारे भोली संसदमा छलफल हुन्छ : कानुनमन्त्री बडु

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कप्म्याक्ट (एमसीसी)  भोलि बुधबार संसदमा टेबल गर्न प्रस्ताव गरिएको कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले बताएका छन् । यसमा  पुष्पकमल दाहाल  र माधवकुमार नेपाल  सहमत भएको उनको दाबी छ ।

कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री बडुले भने, ‘प्रचण्डजी र माधवजीहरु हाउसमा पुर्‍याउन सहमत छन्, तर के जोड्न छाड्दैनन् भने सबैको सहमतिमा  पुर्‍याउन पाए राम्रो, छलफल हुने वातावरण बन्नुपर्‍यो पनि भन्छन् ।’

छलफल हुने वातावरण बन्ने नबन्ने प्रमुख प्रतिपक्षी नेकपा एमालेको हातमा रहेको उनले बताए । मन्त्री बडु भन्छन्, उसले शर्त राखेको छ सभामुखको राजीनामा अथवा १४ जना सांसदहरु यहाँ आउनु भएन । यो शर्त पूरा गर्ने हो भने सम्भव हुन्छ, होइन भने किन जोडिराख्या ।’

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.