प्रचण्डको परिक्षा : एमसीसी पास कि सरकारबाट बाहिर ?

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको परिक्षा शुरु भएको छ । यथास्थितिमा एमसीसी संसदमा टेबुल गर्न नहुने बताउँदै आएका प्रचण्डले बुधवारका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग अनुरोध गर्दै संसदमा एमसीसी टेबुल नगराउन सफल भएका छन् ।

बिहीवार गठबन्धनको बैठक बसेर निर्णय गर्ने सहमति राख्दै बुधवार सरकारले संसदमा एमसीसी टेबुल गरेन । तर प्रधानमन्त्री देउवाले शुक्रवार एमसीसी कुनै हालतमा टेबुल हुने बताएका छन् ।

अब प्रचण्ड के गर्छन् भन्ने सबैलाई लागेको छ । उनको परिक्षा शुरु भएको छ । नेकपा माओवादीका नेताहरुले बरु सरकारबाट बाहिरिने तर यथास्थितिमा एमसीसी टेबुल नगराउने बताउँदै आएका छन् ।

बिहीवारको गठबन्धन बैठकमा प्रचण्डले के निर्णय गर्छन् त्यसमा भर पर्नेछ । उनले एमसीसी यथास्थितिमा टेबुल गराएर पास गर्छन् वा सरकारबाट बाहिरिन्छन् त्यसको परिक्षा शुरु भएको छ । 

माओवादीका एक केन्द्रीय सदस्यका अनुसार बिहीवारको बैठकमा एमसीसी टेबुल गर्ने सहमति भएपनि माओवदी त्यस विषयमा मौन रहने बताइएको छ । 

त्यस्तो अवस्थामा सरकारमै सहभागी भएर सरकारको विरुद्धमा उभिन नैतिकताले दिँदैन । त्यसो भए प्रचण्डले के गर्नुहुन्छ भने क्विक नेपालको प्रश्नमा ती नेताले आइपरे बरु सरकारबाट हामी बाहिरन तयार हुनेछौं भनेका छन् । माओवादी अध्यक्षले अब यस विषयमा के निर्णय लिनेछन् त्यसको परिक्षा शुरु भएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.