बसको ठक्करबाट बालाजुमा  दुई जना पैदल यात्रुको मृत्यु

काठमाडौं । काठमाडौंको बालाजुमा बसको ठक्करबाट दुईजना पैदल यात्रुको मृत्यु भएको छ । बालाजुस्थित गंगा हल अगाडि बाटो काट्ने क्रममा बसले ठक्कर दिएको थियो । 

मृत्यु हुनेमा रसुवा घर भएका १८ वर्षीय विकास तामाङ र नाम नखुलेकी ५० वर्षीया महिला छिन् । विहान करिब ५ बजेर ५५ मिनेटमा बसले दुईजनालाई किचेर फरार भएको हो । बसको अझै नम्बर खुल्न सकेको छैन । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.