प्रधानमन्त्री देउवा र अमेरिकी राजदूतबीच भेटवार्ता

काठमाडाैं ।  प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच बुधबार साँझ बालुवाटारमा भेटवार्ता भएको छ । भेटमा एमसीसी सम्झौताबारे छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री देउवाले सरकार संसदबाट एमसीसी अनुमोदन गराउने तयारीमा जुटिसकेको र सत्तारुढ गठबन्धनमा रहेका दलहरुसँग साझा धारणा बनाउन थप समय लिइएकाे जानकारी दिएको स्रोतले जनाएको छ ।

अमेरिकी राजदूत बेरीसँगको भेटपछि बिहीबार बिहानै प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच यो विषयमा बालुवाटारमा छलफल भएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.