काठमाडौं । आफूहरूको जोड गठबन्धन जोगाउनमै रहेको नेकपा माओवादीका अध्यक्ष प्रचण्डले बताएका छन् ।
‘पाँच बजे संयन्त्रको बैठक छ, त्यसको तयारीका लागि छलफलमा बसेका हौं,’ प्रचण्डले भने, ‘गठबन्धनलाई नै कसरी बचाउने र यो एमसीसीलाई कसरी निकास दिने भन्नेमै छ । पाँच दलको बैठकमा छलफल गरेर एउटा निचोड निकाल्नेमै हाम्रो जोड छ,’ उनले भने ।
अमेरिकी सहयता परियोजना (एमसीसी) बारे गठबन्धनमा ‘निर्णायक’ छलफल हुनुअघि माओवादी केन्द्रका अध्यक्ष माधवकुमार नेपाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा नेता एवं मन्त्री राजेन्द्र श्रेष्ठ छलफलमा बसेका थिए ।
सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा छलफल भएको थियो ।
एकीकृत समाजवादीका अध्यक्ष नेपाललले संवाददाताहरूलाई संक्षिप्त प्रतिक्रिया मात्रै दिए । उनले भने, ‘के बोल्नु, धेरै बोलेरै बिग्रिएको छ ।’