प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा तनावग्रस्त बानेश्वर

काठमाडौं । प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा बानेश्वर क्षेत्र  तनावग्रस्त बनेको छ ।  एमसीसीविरुद्ध आन्दोलनरत ६ कम्युनिस्ट पार्टी र दुई मोर्चा आज पनि सडकमा उत्रिएको थियो  । सो आन्दोलनकारी र प्रहरीबीच झडप भएको हो । 

एकातिर सरकारमा सहभागी हुने दलहरु सडकमा निस्किएको छ भने अर्को तर्फ थप मोर्चा सहभागी बन्दा दैनिक जसो एमसीसीविरुद्ध आन्दोलन जारी छ । 

b8.jpg

शुक्रवार संसदमा एमसीसी टेबुल हुने कार्यक्रम थियो । त्यसको विरोधमा नेकपा माओवादी निकट वाईसिएल, नेकपा एकीकृत समाजवादी निकट युवा संघ र अन्य मोर्चाहरुले शुक्रवारको आन्दोलन आह्वान गरेको थियो ।

b7.jpg

सत्तारुढ गठबन्धनको बैठकमा एमसीसीबारे सहमति नजुटेपछि ८ गतेसम्मलाई एमसीसी टेबुल नहुने भएको छ । तर पनि विभिन्न दलका संघ संगठन र मोर्चाले आन्दोलन भने जारी नै राखेको हो ।

शुत्रवार बानेश्वरदेखि माईतीघर मण्डला आसपास सुरक्षाकर्मीहरु तैनाथ राखिएको छ । त्यसै बीचमा विभिन्न मोर्चाहरुले बानेश्वरमा एमसीसीविरुद्ध टायर बालेर आन्दोलन चर्काएको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.