काठमाडौं । पेप्सीकोलाको फुटबल मैदानमा डोजर चलाएर खाडल खँनिएको छ । खाडल खन्ने काममा स्थानीयको अवरोध नहोस् भनेर प्रहरी समेत परिचालन गरिएको छ । खाडल केका लागि र किन खनिएको खुल्न सकेको छैन ।
सुरक्षाको लागि खटिएका बानेश्वरका डिएसपी आफूलाई यस विषयमा जानकारी नभएको बताउँछन् । ‘बानेश्वरको मान्छेलाई पेप्सीकोलाको कहाँ थाहा हुन्छ रु माथिल्लो निकायबाट त्यहाँ खाडल खन्ने काम छ सुरक्षाको लागि जानु भनिएकोले आएको मात्रै हो,’ उनले भने ।
काटेश्वर ३२ वडाका वडा अध्यक्ष नवराज पराजुली पनि आफूलाई सो विषयमा कुनै पनि जानकारी नभएको बताउँछन् । उनले सो विषयमा माथिल्लो निकायसँग बुझ्नुपर्ने बताउँछन् ।
स्थानीय वासी र खेलाडीहरु भने सुचना विना नै यसरी खेल मैदानमा डोजर लगाएर खाडल खन्न नहुने बताउँछन् । स्थानीयहरुले खाल्डो के का लागि र किन खनेको भन्दै सोधप्छ गरेपछि अहिले खाल्डो खन्ने काम रोकिएको छ ।
