काठमाडौं । नेकपा एमालेको अध्यक्ष केपी ओलीले पाँचवटा गिद्ध धुरीमा बसेको बताएका छन् । उनले अहिलेको सत्तागठबन्धनमा आवद्ध पाँच दललाई ‘गिद्ध’को संज्ञा दिँदै सो कुरा बताएका हुन् ।
भक्तपुरमा सूर्य विनायक नगर अस्पतालको उद्घाटन समारोहमा बोल्दै ओलीले भने, ‘पाँचवटा गिद्ध धुरीमा बसेको छ, देशमा कसरी राम्रो हुन्छ ? एउटा मात्रै गिद्ध धुरीमा बस्दा त राम्रो मानिँदैन, अहिले त पाँचवटा गिद्ध बसेका छन् ।’
अध्यक्ष ओलीले अहिलेको ‘तिकडमबाजी सरकार’ अब धेरै नटिक्ने पनि बताए । उनले देशमा लोकतन्त्र आएकाले कुनै गलत नियतबाट बनेको अहिलेको सरकारको विकल्प पनि हुने बताए । उनले भने– देशमा प्रजातन्त्र आएको छ, अब फेरि गतिलो सरकार बन्छ ।