एमसीसी सम्झौतालाई संसद्‍मा टेबल गर्न दिनुपर्ने नेकपा एसको निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादीले एमसीसी सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभा बैठकमा टेबल गर्न दिनुपर्ने निष्कर्ष निकालेको छ ।

शनिबार बसेकाे स्थायी समिति बैठकले एमसीसी सम्झौतालाई संसद्मा टेबल गर्नबाट नरोक्ने निर्णय गरेको हाे ।

आजको बैठकपछि नेकपा एसका उपमहासचिव जगनाथ खतिवडाले पूर्व प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको अध्यय कार्यदलले बनाएको प्रतिवेदन पठेर सुनाउनुका साथै उक्त प्रतिवेदनमाथि २५ जना नेताले छलफल गरेको बताए । 

यस्तै, संसद अवरोध भइरहेको अवस्थामा एमसीसी टेबुल गर्ने विषय सोच्न नसकिने उनको भनाइ छ । उनले भने, ‘एमसीसी प्रस्ताव टेबुल गर्नु कुनै ठूलो कुरा होइन तर एमसीसीमा के छ भनेर सबैले बुझ्न जरुरी छ ।’ 
 

 यसबारे थप निर्णय लिने अधिकार बैठकले केन्द्रीय सचिवालयलाई दिएकाे छ । 

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.