काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबिस घण्टामा देशभर ३५० जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएको जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७ हजार ९६ नमुना परीक्षण गर्दा ३५० संक्रमण पुष्टि भएको हो । एक हजार २७२ जना संक्रमणमुक्त भएका छन् ।
कोरोना संक्रमणका कारण बितेको चौबिस घण्टामा थप ४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।