काठमाडौं । प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिबेशन मुल व्यवस्थापनको बैठक आज संयोजक गणेश पाण्डेको अध्यक्षतामा पोखरामा सम्पन्न भएको छ ।
बैठकमा श्रमजीवी, व्यावसायिक र प्रगतिशील पत्रकारहरुको अग्रणी सङ्गठन प्रेस चौतारी नेपालले नवौं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ ।
नेकपा (एमाले)का उपमहासचिव, प्रचार विभागका प्रमुख एवं प्रेस चौतारी नेपालका इञ्चार्ज पृथ्वीसुब्बा गुरूङले लोगो सार्वजनिक गरेका हुन् ।
प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन ‘समृद्धिका लागि सञ्चार कर्म, प्रेस चौतारीको मुल मर्म’ नारासहित फागुन २७ र २८ गते पोखरामा हुँदै छ ।
विसं २०५५ मङ्सिरमा अनौपचारिक रुपमा सुरु भएको प्रेस चौतारीले २०५५ माघ २२ गते विजय चालिसेको नेतृत्वमा औपचारिकता पाएको थियो ।
