एनएसएलः २२ मार्की प्लेयर सार्वजनिक

काठमाडौं । दोस्रो संस्करणको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग ९एनएसएल_ का मार्की खेलाडीको मनोनयन सार्वजनिक भएको छ ।

आयोजन नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्टले आइतबार सहभागी क्लबलाई मनोनित २२ मार्की खेलाडीको नाम पठाएको हो । 

'२२ खेलाडी मार्की आएको छ । यसमा केही परिवर्तन हुन सक्छ' श्रोत भन्छ ।

आयोजकले नेपाली राष्ट्रिय  टोलीका मुख्य प्रशिक्षकलाई मार्की छान्ने जिम्मेवारी दिने गरेको छ । सोही अनुसार प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खेलाडी छनोट गरेका हुन् । 

अब सहभागी १० टोलीले एक मार्की प्लेयर छान्नेछन ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.