काठमाडाैं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीमा एमसीसीबारे चर्को विवाद भएपछि केन्द्रीय सचिवालय बैठक बोलाइएको छ । सचिवालयको बैठक सोमबार दिउँसो २ बजे बस्न लागेको हो ।
गत शनिबार बसेको समाजवादीको स्थायी कमिटी बैठकले एमसीसी संसदमा टेबल गर्न दिने तर संशोधनबिना पास नगर्ने निर्णय गरेको थियो ।
आफ्नो सहमतिविपरीत एमसीसी टेबल गर्न सहमति जनाएको भन्दै नेता झलनाथ खनालले कडा प्रतिक्रिया जनाएका थिए ।