सचिवालय बैठक स्थगित गरेर माधव नेपाल र झलनाथ खनाल 'वान-टु-वान' वार्तामा

काठमाडौं । सोमबार दिउँसो एक बजे बोलाइएको नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित भएको छ। सचिवालय बैठक भोलि बस्ने गरी स्थगित भएको हो ।

बैठक स्थगित भएसँगै अध्यक्ष माधवकुमार नेपाल र सम्मानित झलनाथ खनालबीच वार्ता चलिरहेको छ । गत शनिबार बसेको समाजवादीको स्थायी कमिटी बैठकले एमसीसी संसदमा टेबल गर्न दिने तर संशोधनबिना पास नगर्ने निर्णय गरेको थियो । आफ्नो सहमतिविपरीत एमसीसी टेबल गर्न सहमति जनाएको भन्दै नेता झलनाथ खनालले कडा प्रतिक्रिया जनाएका थिए ।

सत्तारुढ दल नेकपा एकीकृत समाजवादीमा एमसीसीबारे चर्को विवाद भएपछि आज केन्द्रीय सचिवालय बैठक बोलाइएको थियो  । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.