लगातार जित्दै नेपाल समूह सेमिफाइनलमा

काठमाडौं । नेपाल समूह  आईसीसी टी–२० विश्वकप ग्लोवल क्वालिफायरको सेमिफाइनल प्रवेश गरेको छ । अन्तिम खेलमा क्यानडालाई ८ विकेटले पराजित गरेपछि नेपालले सेमिफाइनल प्रवेश गरेकाे हाे ।  

पहिलो ख‍ेलमा ओमानलाई ३९ रन र दोस्रो खेलमा फिलिपिन्सलाई एक सय ३६ रनले हराएको नेपालले सोमबार भएको समूहको आफ्नो अन्तिम खेलमा क्यानडालाई ८ विकेटल‍े पराजित गरेको हो ।

सेमिफाइनल पुगेको अर्को टिम आयरल्याण्ड समूह ए को विजेता हो ।

दुवै सेमिफाइनल खेल मंगलबार एकै समयमा नेपाली समयअनुसार अपराह्न पौने ४ बजेपछि सुरु हुनेछ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.