काठमाडौं । चालु आर्थिक वर्षको पहिलो सात महिनामा झण्डै २७ अर्बको खोप नेपाल आयात भएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो महिना साउनयताका सात महिनामा २६ अर्ब ८५ करोड ९ लाख ७६ हजार मूल्य बराबरको खोप आयात भएको छ । यो गतवर्षको तुलनामा २५ अर्ब ५० करोड ७४ लाख ६८ हजार रुपैयाँले बढी हो ।
गत वर्ष यही अवधिमा १ अर्ब ३४ करोड ३५ लाख ८ हजार रुपैयाँ मूल्य बराबरको खोप आयात भएको थियो । कोरोना महामारी विरुद्धको खोप अभियान सञ्चालन भएपछि खोप आयात ह्वात्तै बढेको हो ।
यो सातमहिनाको अवधिमा २ लाख ४० हजार केजी परिमाणको खोप आयात भएको छ ।