काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली बिच मंगलवार राती भेटवार्ता भएको छ । प्राधनमन्त्री देउवालाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटार पुगेका हुन ।
सत्तारुढ नेपाली कांग्रेस र प्रमुख विपक्षी नेकपा एमालेको हैसियतमा दुबैपक्षबिच वार्ता भएको हो ।
एमसीसीको बिषयमा वार्ता हुँदा एमालेका तर्फबाट बरिस्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष बिष्णु पौडेल र उपमहासचिव बिष्णु रिमाल सहभागी थिए । यस्तै नेपाली काँग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का र सन्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए ।
करिब दुई घण्टा लामो वार्तामा नेताहरु आ- आफ्ना अडान राखेर छुटेका छन् । काँग्रेसले एमसीसी पास गर्न एमालेको सहयोग मागेको थियो । एमालेले भने पहिले आफ्नो पार्टीको माग पुरा हुनुपर्ने अडान राख्यो ।
एमालेलाई संसदीय प्रक्रियामा भाग लिने वातावरण बनाएपछि मात्र एमसीसी लगायतका विषयमा छलफल हुने अडान एमालेले राखेपछी बैठक बिना सहमति टुंगिएको थियो । एमालेले सभामुख अग्नीप्रसाद सापकोटाको राजिनामा माग गर्दै संसद अवरुद्व गर्दै आएको छ ।