रहेनन् कलाकर्मी जयनन्द लामा

काठमाडौं । प्रसिद्द लोक गायक तथा अभिनेता जयनन्द लामाको निधन भएको छ।  हिजो एक कार्यक्रमबाट घर प्रवेश गरेपछि गाडि बाट ओर्लने बित्तिकै लडेर त्यहिँ ढलेको पारिवारिक स्रोतले बताएको छ। प्राप्त खबर अनुसार घटनास्थलमा प्रहरी पुगेको जानकारी आएको छ भने पोस्टमार्टमको लागि टिचिङ्ग हस्पिटल ल्याउने तयारी हुदै छ।  

 २०२६ साल देखि लोक गित गायनमा सक्रिय लामाले अहिलेसम्म एक सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन्। २०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय गरेका लामा अहिलेसम्म पनि चरित्र अभिनयमा सक्रिय छन्।

उनले स्वर दिएको कलकत्ते काइँयो केश मेरो बांगो, टेबलमा ऐना छ बोलको गीत उनको नामको पर्याय नै बनेको छ। यस्तै चट्ट परेको चुल्ठी, हेर्दैमा राम्रो, चुइँ चुइँ चुइँकने जुत्ता, नाच्यो झिल्के नाच्यो, मूलाको चाना, सलल पानीलगायतका गीत चर्चित छन्। उनले लोकगीत गायनमा होस् वा अभिनय, जीवन यसमै समाहित गरेका थिए । लामा सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका हुन् ।

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.