पल शाहविरुद्ध बलत्कारको जाहेरी दर्ता

काठमाडौ। अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा नबालिका एक गायिकाले किटानी जाहेरी दर्ता गराएकी छन् । शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी परेको हो ।

यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीमा शाहविरुद्ध जाहेरी दिइएको थियो । तर, प्रहरीले घटनास्थल तनहुँ भएकाले तनहुँमै दर्ता गर्न सुझाव दिएको थियो । त्यसपछि उनले तनहुँ प्रहरीमा उजुरी दिएको बताइएको छ ।

एउटा म्यूजिक भिडियोको सुटिङका क्रममा तनहुँ गएका बेला शाहले फकाएर आफूमाथि करणी गरेको गायिकाले उजुरीमा उल्लेख गरेकी छन् । १८ वर्षभन्दा कम उमेरकी नबालिका गायिकाले शाहले आफूमाथि फकाएर करणी गरेको दाबी गर्दै आएकी छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.