बानेश्वरमा १४ डिएसपीसहित २४ सय प्रहरी परिचालन, संसदमा एमसीसी अनुमोदन हुँदै (फोटोफिचर)

काठमाडौं । आज १ बजे आह्वान गरेको संसद बैठकमा एमसीसी प्रस्तावको विषयमा छलफल हुने कार्य सुचि रहेको छ । कार्यसुचीमा एमसीसी अनुमोदनको लागि निर्णयार्थ पेश हुनेछ । पछिल्लो समय सरकारमै सहभागी दलका कार्यकर्ताहरुले एमसीसीविरुद्ध नारा जुलुस र प्रदर्शन गर्दै आएको छ । 

274138156_479409626962570_4601293665539287826_n.jpg

लगातार बानेश्वर क्षेत्र तनाबग्रस्त हुँदै अआएको छ । एमसीसीको विरोधमा सत्तारुढ दलदेखि अन्य विभिन्न मोर्चा र संघ संस्थाले आन्दालोन जारी राखेको छ । यसै क्रममा आज पनि बानेश्वर क्षेत्र तनावपूर्ण देखिएको छ । एमसीसीको विरोधकर्ताहरु विस्तारै विस्तारै बानेश्वर चोकतिर अघि बढिरहेको छ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरु पनि एमसीसीको विरोधमा निरन्तर प्रदर्शनरत छन् । 

274140842_529852548403223_7190535093949643342_n.jpg

माईतीघर मण्डला र तीनकुने चोकबाट प्रदर्शनकारीहरु बानेश्वर चोकतिर अघि बढ्ने तयारी गरेको छ । यस्तै उनीहरुलाई रोक्न १४ डिएसपीको कमाण्डमा २४ सय प्रहरी बानेश्वर क्षेत्रमा परिचालन गरेको छ । त्यसमा नेपाल प्रहरी र शसस्त्र प्रहरी रहेको छ । आवश्यक भए सेना समेत परिचालन गर्ने गरि निर्देशन भएको गृह मन्त्रालय स्रोतले बताएको छ ।

274145569_984685105810619_9197459786603249899_n.jpg274160275_464677262002903_5594750112266030413_n.jpg

274197913_627511841641560_4431094302377419801_n.jpg

274259677_1678054915876672_8800022096979851201_n.jpg

274350872_455931752897797_7000970842646665884_n.jpg

274504870_1119152232181434_3449767148758227875_n.jpg

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.