दिनभर बानेश्वरमा के–के भयो ? (फोटोफिचरसहित)

काठमाडौं । बानेश्वरस्थित संसद भवनमा प्रतिनिधि सभाको बैठक १ बजेका लागि डाकिएको थियो । राजनीतिक दलहरुबीच सहमति हुन नसकेपछि बैठक एकाएक विशेष कारण देखाउँदै शुक्रवार १ बजेसम्मका लागि स्थगित भयो । 

12.jpg

नेकपा माओवादीले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गर्यो । यता नेकपा एमालेले संसदीय प्रक्रियामा सहभागी नहुने र संसद अवरुद्ध गर्ने निर्णय जारी नै राखेको छ । नेकपा एकीकृत समावजवादीले पनि प्रचण्डको फेरो समाउँदै एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गर्यो । एमसीसी अनुमोदनमा समस्या आउने संभावना रहेपछि प्रधानमन्त्री देउवाको आग्रहमा संसद सचिवालयले विशेष कारण देखाउँदै बैठक स्थगित गरेको हो । 

7.jpg

यता सरकारले बिहीवारको लागि विहानैदेखि सुरक्षाकर्मी खटाइएको थियो । बानेश्वर क्षेत्रको चारैतिर प्रहरी तैनाथ राखिएको थियो । १४ डिएसपीको कमाण्डमा २४ सय प्रहरीहरु त्यस आसपासका क्षेत्रमा तैनाथ थिए । दिउँसो ११ बजेपछि प्रदर्शनकारीहरु माइतीघर मण्डलाहुँदै बानेश्वरतिर अघि बढे । 

9.jpg

यता तीनकुनेतिर रहेका प्रदर्शनकारीहरु बानेश्वर तिर लागे । माईतीघरबाट गएका प्रदर्शनकारीहरु बानेश्वरस्थित एभरेष्ट होटल नजिक पुगेपछि नाराबाजी शुरु गर्दै आक्रमक रुपमा प्रस्तुत भयो । जहाँ हालै राप्रपा प्रवेश गरेका ज्ञानेन्द्र शाहीका एक टोली, नेकपा एकीकृत समाजवादीका विद्यार्थी संगठन अनेरास्ववियु, माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारी र युवा संगठन वाईसिएलको समूह रहेको थियो ।

6.jpg

नाराबाजी गर्दै आक्रमक भएका प्रदर्शनकारीलाई प्रहरीले रोक्न खोजेपछि झडप शुरु भएको थियो । झडप नबन्दै रणभुमिमा परिणत भयो । प्रहरीले लगातार टियरग्याँस प्रहार गरे । प्रदर्शनकारीले प्रहरीलाई दुङ्गा प्रहार गरिरह्यो । प्रदशर्नकारीहरु अल्फबिटाको गल्ली, एभरेष्ट होटलको गल्ली, बिजुली बजारको गल्लीलगायतका ठाउँमा लुक्दै दुङ्गा हान्ने क्रम चलिरह्यो । 

3.jpg

अल्फबिटा साईडतिर नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु र माओवादी निकट अनेरास्ववियु क्रान्तिकारी थप आक्रमक बने । उनीहरुले प्रहरीलाई मात्र हैन फोटो खिच्नेहरु भन्दै पत्रकार माथी नै जाईलाग्दै दुङ्गा प्रहार गरेका थिए । झडपमा २ जना प्रदर्शनकारी घाइते भएका छन् । 

4.jpg

बानेश्वर चोक नजिकै र तीनकुने साईडतिर सिभिल अस्पतालको अगाडी नेमकिपाका कार्यकर्ताहरु, विप्लवका कार्यकताहरु र राष्ट्रिय महाअभियान नेपालका अभियन्ताहरु रहेका थिए । यतातर्फ भने संयमित रुपमा विरोधको कार्यक्रमहरु संचालन भएको थियो । 

8.jpg

गाडीमा मंचको व्यवस्थापन सहित एमसीसीको बेफाईदा र त्यसले निम्त्याउने दुर्घटना वारे मन्तव्यहरु राखेका थिए । बानेश्वरमा एकातर्फ झडप भइरहेको थियो भने अर्कोतर्फ शान्त रुपमा विरोधको कार्यक्रम संचालन भईरहेको थियो । झडप भएको साईडतिर भने सडकभरि दुङ्गा र ईट्टाहरु छरिएर राखेको जस्तै देखिन्थ्यो ।

11.jpg10.jpg

5.jpg

4.jpg

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.