एमसीसीको विपक्षमा प्रचण्ड हुँदा पक्षमा माधव नेपाल, सरकारबाट आउट हुने संभावना कति ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले बिहीवार दिनभर एमसीसी लम्ब्याउन कसरत गरे । उनले सबै दलसँग आग्रह गरे । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि उनले आग्रह गरे । बरु एमालेको नेतृत्वमा अघि बढ्न तयार भएको भन्दै संसदीय प्रक्रियामा भाग लिएर एमसीसीको विपक्षमा उभिन ओलीलाई प्रचण्डले आग्रह गरे ।

एमाले अध्यक्ष ओलीले एमालेले संसदीय प्रक्रियामामै भाग नलिने र निरन्तर संसदअवरुद्ध गरिरहेहने बताएका थिए । साथै संसदीय प्रक्रियामा जानको लागि आफ्ना मागहरु पुरा गनुपर्ने अडान ओलीले राखेका छन् । त्यसपछि प्रचण्डले सरकार नछोड्ने र एमसीसीको विपक्षमा उभिने आधार दिनभर खोज्ने प्रयास गरे ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको विपक्षमा रहेर सरकारमै बसिरहन नहुने बताएपछि प्रचण्ड समस्यामा परेका छन् । उनले काठमाडौं बाहिर रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई फोन गरेर काठमाडौं बोलाएका छन् ।

अहिले खुमलटारमा माधव नेपालसहित माओवादीका नेताहरु छलफलमा व्यस्त छन् । सरकार छोड्ने की नछोड्ने भनेर दुबै दलबिच सहकार्य गर्ने तयारी वारे छलफल भइरहेको खुमलटार स्रोतले जनाएको छ । यता माधव नेपालका पार्टीमा एमसीसी वारे मत विभाजन छ । एक पक्षले शंसोधनसहित एमसीसी पास गर्न सकिने बताएका छन् । 

अर्को पक्षले भने एमसीसी कुनै पनि हालतमा आवश्यक नरहेको भन्दै विरोध जनाइरहेका छन् । यस्तो अवस्थामा प्रचण्ड र नेपालबिचको छलफलले के निष्कर्ष दिन्छ भने मुख्य विषय भनेको छ । सरकार छोडिहाल्ने स्थितीमा नेता नेपाल छैनन् । प्रचण्ड पनि सकेसम्म सरकारमै रहनेमा छन् । स्थानीय तहको निर्वाचनको मुखमा सरकार छोड्न नपरे हुन्थ्यो पनि दुबै नेतालाई लागेको छ ।

एमसीसीको विषयलाई प्रचण्डले दोहोरो भुमिका खेल्दै आम जनताको सामु छारो हालेको भन्दै उनीविरुद्ध आलोचित भएपछि प्रचण्डलाई चूनौती छ । खुमलटार बैठकले एमसीसीको विषयमा शंसोधनसहित पास गर्ने निर्णय गर्न सक्ने अनुमान धेरैको छ । अन्यथा माओवादीले आजै सरकार छोड्नसक्ने संभावना पनि देखिएको छ । 

माओवादी र नेकपा एकीकृत समाजवादीको कार्यगत एकता चलिरहेको छ । त्यस कारण पनि प्रचण्डको निर्णयको पछि पछि नेपाल लाग्नेछन् । माओवादीको निर्णयमा एकीकृत समाजवादीको समर्थन रहनेछ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.