काठमाडौं । आजपनि संसद बैठक स्थगित भएको छ । संसद सचिवालयले विशेष कारण देखाउँदै संसद स्थगित भएको सूचना टाँसिएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल खुमलटारमा छलफलमा व्यस्त छन् ।
आज अन्तिम पटक प्रयास गरिरहेको भन्दै प्रचण्डले प्रधानमन्त्रीलाई संसद बैठक स्थगित गर्न अन्तिम रिक्वेस्ट भन्दै अनुरोध गरेपछि प्रधानमन्त्रीले कानुन मन्त्रीलाई छलफल गरेर बैठक स्थगित गर्न लागाइएको बुझिएको छ ।
बिहीवार माओवादीले एमसीसीको विपक्षमा उभिने निर्णय गरेपछि प्रधानमन्त्रीले बैठक स्थगित गराएका थिए । प्रचण्डले पनि के गर्ने नगर्ने अन्तिम सल्लाह भइरहेको बताएपछि प्रधानमन्त्री देउवाले एमालेसँग थप छलफलको लागि समय आवश्यक भएको भन्दै बैठक स्थगित गराएको बुझिएको छ ।