एमसीसीका लागि निवेदन दिने र एमसीसी चाहनेहरुलाई ताली बजाउँछन्, मलाई ढुंगा हान्छन् : ओली

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीको विरुद्धमा भन्दै भएको प्रदर्शन योजनावद्ध भएको दावी गरेका छन् । केही दलले योजनावद्ध तरिकाले आन्दोलन गरिरहेको बताए । पोखरामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले सरकारमा बसिरहेकोहरुले नै आन्दोलन पनि गरिरहेको भन्दै नैतिकताको पाठ सिक्न अनुरोध गरेका छन् ।

'विश्वमा नभएका घटनाहरु नेपालमा एउटा दुईटा पार्टीहरुले गरिरहेको छ । सरकारमा पनि हुने, सरकारकोविरुद्धमा प्रदर्शन पनि गर्ने । अचम्मको छ ।' उनले भने । नेताहरु सरकामा टाँसिरहने र कार्यकर्तालाई सडकमा पठाएर ढुंगा हान्न लगाएको भन्दै ओलीले त्यस्त राजनीतिक पार्टीहरुलाई आउँदो निर्वाचनमा बिलिन बनाउनु पर्ने बताएका छन् ।


‘ढुंगा पनि कसलाई हान्ने भन्दा त्यही बाटोमा एमसीसी सहयोग नेपालमा ल्याइपाउँ भनेर निवेदन दिने झलनाथ खनाल बाटोबाट हिँड्दा ढुंगा हान्दैनन्, ताली बजाउँछन् ।’

‘एमसीसी अगाडि बढाउनुपर्छ भन्ने डा. बाबुराम भट्टराई हिँड्दा ढुंगा हानिँदैन । नेपाली कांग्रेसले एमसीसी पास गर्नुपर्छ भन्छ, ढुंगा हानिँदैन । टेबल गरेका छन् सभामुखले, ढुंगा हानिँदैन ।’

कांग्रेस–माओवादीको संयुक्त सरकारका बेला महराले टुंग्याएको र ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गरेको भन्दै उनले भने, ती सम्झौता गर्नेहरुलाई कसैले हेर्दैनन्, म बाटोबाट हिड्छु, ढुंगा हान्छन् । अनि थाहा हुँदैन यो के भइरहेको छ भनेर ?’

योजनावद्ध भएको आन्दोलनलाई स्थगित गरे एमसीसीको वारेमा सरकारमा रहेको दलहरुले साझा धारणा बनाउनु पर्ने अध्यक्ष ओलीले बताए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.