ओलीदेखि तर्सिएका माधव प्रधानमन्त्री देउवालाई बिन्ती बिसाउँदै

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल एक कार्यक्रमका लागि धनगढीमा थिए । नेपाली कांग्रेसले नेकपा एमालेसँग सहकार्य गर्ने तयारी चलिरहेको बेला प्रचण्डले सो जानकारी नेता नेपाललाई दिएपछि उनी हतार हतार काठमाडौं फर्केका छन् ।

नेता नेपाल फर्के लगतै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । उनले हतारमा नेकपा एमालेसँग सहकार्य नगर्न र अनावश्यक सम्झौता नगर्न अनुरोध गरेका छन् ।

एमालेसँग सहकार्यको कुरा अघि बढेको जानकारी आएको भन्दै नेता नेपालले त्यसो नगर्न प्रधानमन्त्री देउवलाई अनुरोध गरेका हुन् । 

एमसीसीको विषयमा प्रचण्डसँग पुनः वार्ता गरि शंसोधनसहित पास गर्ने सहमति गर्ने भन्दै नेता नेपालले एमालेसँगको वार्ता र भेटघाट त्याग्न समेत प्रधानमन्त्रीलाई आग्रह गरेको प्रधानमन्त्रीका सचिवालय स्रोतले बतायो ।

अध्यक्ष नेपालले एमालेले एमसीसीमा आफ्नो पार्टीको सहयोग चाहिए सभामुख १४ जना सांसद र सभामुखलाई बर्खास्त गर्ने सर्त राख्नु दुःखद भएको बताए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.