प्रचण्डलाई एमसीसीको विषयमा उचाल्न  खुमलटार पुगे बामदेव

काठमाडौं । नेकपा एमालेबाट छुट्टिएर कम्युनिष्ट एकताको पक्षमा उभिएका राष्ट्रियसभा सदस्य बामदेव गौतम माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । 

प्रधानमन्त्री देउवासँग भेटवार्ता गरि फर्केका प्रचण्डसँग गौतमले एमसीसीको विषयमा छलफल गरेका छन् ।

एमसीसीको विपक्षमा उभिएको गौतमले कुनै पनि हालतमा एमसीसी पास गर्न नुहने भन्दै त्यसमा अडिग रहन प्रचण्डलाई अनुरोध गरेका खुमलटार स्रोतले बतायो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.