युक्रेनमा आक्रमण बन्द गर्न रुसलाई मानवअधिकार एलाइन्सको आग्रह

युक्रेनमाथिको आक्रमण बन्द गर्न मानवअधिकार एलाइन्सले माग गरेको छ । कुनै पनि देशको सार्वभौमसत्तामाथि धावा बोलिनु लोकतन्त्र र मानवअधिकार विरुद्ध हुन जाने र विश्वशान्ति मा नै खलल पुग्न जाने तर्फ सचेत रहन  एलाइन्सले अपिल गरेको हो ।

अध्यक्ष मिनबहादुर शाहीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘मानवअधिकार एलाइन्स रसियाका राष्ट्रपति पुटिनसमक्ष युक्रेनमाथिको आक्रमण रोक्न माग गर्दछ र संवादमार्फत विवादको शान्तिपूर्ण समाधान खोज्न विश्व समुदायलाई अपिल गर्दछ ।’

© 2021 Quicknepal.com  |  All Rights Reserved.