काठमाडाैं । एमसीसीबारे सहमति गर्न सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ । १० बजे बस्ने भनिएको बैठक प्रचण्ड ढिलो पुगेपछि ११ बजेबाट सुरु भएको हाे ।
बैठकमा सरकारले संसदमा पेश गरेको एमसीसी बारे छलफल हुने भनिएकाे छ । माओवादी केन्द्रको आइतबार बिहान बसेको बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरिसकेको छ ।
गठबन्धनको बैठकपछि आजै दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।