एमसीसी राम्रो भन्दै मिनेन्द्र रिजालको संसदमा रुवाबासी

काठमाडौं । जारी प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल भावुक रुपमा प्रस्तुत हुनु भएका छन् ।

एमसीसी पाँच दर्जन बढि मुलुकमा सम्पन्न भएको सम्झौता भएको र नेपालसँगै तीन वटा देशमा सम्झौता हुन लागिरहेको भन्दै उनले त्यसमा राजनीति नगर्न माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाललाई इंगित गर्दै आग्रह गरेका छन् । 

सडकमा पनि जाने र सरकारमा पनि बस्ने । आधाले एमसीसी पास गरौं भने आधाले राष्ट्रघाती छ भने यस्तो खालको राजनीति नगर्न म साथीहरुलाई अनुरोध गर्न चाहन्छु, रिजालले राष्टममा उभिएर भने ।

निकै भावुक रुपमा प्रस्तुत भएका रिजालले स्वर्गिय गिरीजाप्रसाद कोइरालाले शान्ति सम्झौतामा ल्याएको पार्टीहरुले अहिले ठूलै राजनीति गरेको महशुस गरिरहेको आरोप लगाए ।

साथीहरुले दोहोरो चरित्र देखाएर जुन दंगले राजनीति गर्न खोज्नु भएको छ, त्यो कुनै हालतमा क्षम्य हुन सक्दैन भन्दै माओवादीलाई गल्ति सच्याउन आग्रह गरेका छन् ।

विश्वभरि चालु भएको एमसीसी परियोजना नेपालका लागि पनि राम्रो हुने भन्दै उनले एमसीसी पास गर्न अनुरोध गरेका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.