अन्तत: एमसीसीमाथी छलफल प्रस्ताव संसदबाट पारित

काठमाडौं । अमेरिकासँग एमसीसी सम्झौता गर्ने नेपालको प्रस्तावमाथी छलफल संसदबाट बहुमतले पारित भएको छ । अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौता वारे संसदमा सैद्धान्तिक छलफल गरिपाउँ भनी पेश गरेको प्रस्ताव बहुमतले पारित भएको हो ।

उपस्थित सांसदहरुको बहुमतले एमसीसी सम्झौता पारित भएको घोषणा सभामुख अग्नीप्रसाद सापकोटाले गरेका हुन् । ३ घण्टासम्म सैदान्तिक छलफल हुँदा माओवादी र एकीकृत समाजवादी पार्टी भित्र असन्तुष्ट पैदा भएको थियो ।

एकीकृत समाजवादीमा सम्मानित नेता झलनाथ खनालसहित ६ जनाले नोट अफ डिसेन्ट लेखेका थिए । यस्तै माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र देव गुरुङ लगायतले एमसीसी राष्ट्रघाती भएको भन्दै विरोध गरेका थिए ।

नेकपा एमालेले संसदीय प्रक्रियामा भाग लिने वातावरण बनाउन नाराबाजी गर्दै संसदअवरुद्धलाई जारी राखेको छ । एमालेको नाराबाजीकै बीचमा  एमसीसी छलफलसम्बन्धी प्रस्ताव बहुमतले पास भएको हो । संसदको अर्को बैठक आजै ६ः३० बजे बोलाएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.