काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौतामाथी टलफल प्रस्ताव पेश गरेपछि संसद बैठकको बहुमतले प्रस्ताव पास गरेपछि स्थगीत भएको बैठक दोश्रो पटक शुरु भएको छ । पहिलो बैठक लगतै मन्त्रीपरिषद्ले ब्याख्यात्मक घोषणा ग्रहण गर्ने निर्णय गरेको थियो ।
अहिले जारी संसदको बैठकमा एमसीसी सम्झौतामाथी भएको छलफलबाट पारित भएको प्रस्ताव अनुसार सरकारले ग्रहण गरेको ब्याख्यात्मक घोषणावारे अर्थमन्त्री शर्माले धारणा राखिरहेका छन् ।
सरकार राष्ट्र र जनताप्रति प्रतिवद्ध रहेको अर्थमन्त्री शर्माले बताएका छन् । एमसीसीबारेको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै शर्माले राष्ट्रिय स्वाधीनता र अखण्डताप्रति सरकारले कुनै पनि गलत सम्झौता नगर्ने दावी गरेका छन् । कुनै पनि सैन्य रणनीतिमा नेपाल सहभागी नहुने उनले बताए ।
सरकारले केवल आर्थिक परियोजनाका रुपमा मात्रै एमसीसी स्वीकार गर्ने बताए ।