काठमाडौं । एमसीसी सम्झौतामाथिको व्याख्यात्मक घोषणामाथि छलफल गरियोस् भन्ने प्रस्तावमा आफ्नो धारणा राख्ने क्रममा नेकपा एमालेका नेता भीम बहादुर रावलले सरकारले ग्रहण गरेको 'ब्याख्यात्मक घोषणा' भ्रमात्मक घोषणा भएको आरोप लगाएका छन् ।
नेता रावलले सरकारले जनतालाई भ्रम छर्नको लागि ब्याख्यात्मक घोषणा भनेर जनताको आँखामा छारो हाल्न भ्रम सिर्जना गरेको आरोप लगाएका हुन् ।
ब्याख्यात्मक घोषणाको कानुनी मान्यता नुहने बताउँदै उनले सन्धि वा अनुदान सम्झौता दुबै पक्षबीच हुने भएको हुँदा नेपालले ब्याख्यात्मक घोषणा भने पनि अमेरिकाले त्यो नस्विकार्ने जस्ताको तस्तै एमसीसी पास गर्न सरकारले चोर बाटो समातेको बताए ।
आफुलाई आधा घण्टाको समय दिए एमसीसीमा रहेको सबै प्रस्तावको ब्याख्या दिने चूनैती दिँदै एमसीसी राष्ट्रघाती भएको उनले दोहोर्याए ।
३ मिनेट धारणा राखेका रावलले बोल्नलाई समय कटौती गरेर सरकारले चोर बाटो प्रयोग गर्दै एमसीसी पास गर्न खोजेको आरोप लगाए ।